www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा बढ्दै लागुऔषध कारोवार

काठमाडौं ।

बाँकेमा लागुऔषधको कारोवार दिनप्रतिदिन बढ्दै गएको छ । नेपालबाट गाँजा, चरेस भारतमा लैजाने र भारतबाट बनिबनाउ लागुऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह नै रहेको प्रहरीको भनाइ छ ।

ठूलो गिरोहलाई बाँके प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । बाँकेमा पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, कीर्ते र विष सेवनसम्बन्धी मात्रै ५९७ मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताएका छन् ।

Batas

ओलीका अनुसार बाँकेमा यो आर्थिक वर्षको अहिलेसम्म ७०० लागुऔषधका मुद्दा दर्ता भएका छन् । उनले भने, ‘दर्ता मुद्दामा एक हजार १२५ नागरिक पक्राउ परेका छन् ।’ यसरी पक्राउ पर्नेमा अधिकांश भरिया मात्रै हुने गरेको खुलेको छ ।

नेपालमा अहिले दुई लाखको हाराहारीमा युवाले लागुऔषध प्रयोग गर्दै आएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले यहाँ आयोजित लागु औषधसम्बन्धी एक कार्यक्रममा बताए ।

लामाका अनुसार लागुऔषधबाट करिब ८० प्रतिशत अप्राकृतिक मृत्यु र ७० प्रतिशत आपराधिक घटना हुने गरेका छन् । हाल नेपालमा लागुऔषधको विश्लेषण ११ दशमलव ३८ प्रतिशतले बढिरहेको बताउँदै नेपालमा १० देखि ४० वर्ष उमेर समूहका ९५ प्रतिशत युवायुवती यसका प्रयोगकर्ता रहेको प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।

लागुऔषध सेवन तथा ओसारपोसारमा ८० प्रतिशत सात देखि १२ कक्षा पढ्ने छन् । यसमा युवतीको संख्या ४० हजार छ । विशेषगरी लागुऔषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दाबी छ ।

अवैध लागुऔषध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन गर्ने निकाय क्रियाशील रहे पनि अन्तर्राष्ट्रियरूपमा संगठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए ।

उनले लागुऔषध प्रयोग र कारोवार नेपालमा जटिल बन्दै गएको बताए । जनसङ्ख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागुऔषध प्रयोगकर्ता र यसका कारोवारीको सङ्ख्यामा वृद्धि भएको छ ।

लागुऔषध कारोवार नियन्त्रणका लागि सरकारले लागुऔषध नियन्त्रण रणनीति, विसं २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना विसं २०७४ अन्तर्गत लागुऔषधसम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान २०७५ शुरु गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.