www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडको अन्नपुर्ण गार्डेनमा आगलागी (फोटोहरु सहित)

लता जोशी/ विद्यार्थी पत्रकार,

ताण्डव न्यूज / पोखरा ।

लेकसाइडको खहरे स्थित अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा आगलागि भएको छ ।

Batas

केहि समयअघि आगलागि भएको स्थानीयले ताण्डव न्यूजलाई बताए ।किचनबाट आगो आगो सल्किएको बताइएको छ । आगलागीबाट किचनका सबै खाद्यान्न, फर्निचरका सबै सामान जलेर नष्ट भएको अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जका सञ्चालक किरण गुरुङले बताएका छन् ।हिजो दिनभरि भएको आम्दानी रकमको झण्डै पाँच लाख नगद आगलागीबाट जलेको गुरुङले बताएका छन् ।

करिब १ बजेतिर लागेको आगो स्थानीय र कर्मचारीको सहयोगमा ४५ मिनेटमा नियन्त्रणमा आएको बताइएको छ । आगो नियन्त्रणमा आइसक्दा पनि प्रहरी घटनास्थलमा नपुगेको सञ्चालक गुरुङको गुनासो छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.