www.tandavnews.com
Fact ~ In search of truth

बजेट भन्दा पहिला योजना बनाउनुस : अध्यक्ष तिमिल्सिना

सरिता जिसी/ विद्यार्थी पत्रकार,

ताण्डव न्यूज / पोखरा ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनप्रतिनिधिलाई लक्षित गर्दै स्थानिय सरकारले बजेट भन्दा पहिला योजना बनाउनु पर्ने बताएका छन् ।

Batas

जिल्ला समन्वय समिति कास्कीले पोखरामा आज (शुक्रबार) आयोजना गरेको जिल्ला स्तरिय समन्वयात्मक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले बजेटको आश गर्नुपूर्व योजना तर्जुमा गर्नुपर्ने बताउदै दिगो विकासमा टेवा पुग्ने धारणा राखे । अध्यक्ष तिमिल्सिनाले स्थानिय जनप्रतिनिधिलाई केन्द्रित गर्दै स्थानिय सरकारले सँघ र प्रदेश सरकारसँग बढि अपेक्षा राख्न नहुने तर्क दिए । उनले योजना बनाउदाँ आगामी १०÷१५ वर्ष पछिसम्म हुने गरी तर्जुमा गर्नुपर्ने सुझाव दिए ।

उनले जिल्ला समन्वय समितिले गर्दै आएको अनुगमन तथा मुल्याङ्कनको काम कुनै अर्काे निकायलाई दिनपर्ने आवश्यकता देखिएको औल्याँए । उनले मुलुक संघीयतामा गैसकेपनि काम गर्ने शैली पुरानै रहेको बताउदै परिवर्तन हुनुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले विगतमा जस्तै पुरानै गतिमा काम गरेको खण्डमा जनताले चाँहेजस्तो दु्रत विकास नहुने उल्लेख गरे ।

उनले भौतिक पूर्वाधार विकासका लागि आह्वान गरिने टेण्डर समयमै नभएको कारण विकास निर्माणमा केही ढिलाई हुने गरेको बताए । उनले कुनैपनि सरकारको मुख्य लक्ष्य विकास नै रहने उल्लेख गर्दै भने, ‘लक्ष्य निर्धारण गर्नको निम्ति पहिलो मार्ग भनेकै योजना हो । योजना बनाउदा दिगो हुने गरी बनाउनुपर्छ अनि मात्र बजेटकोे कुरा आउँछ ।’

उनले फरक प्रसंगमा बोल्दै सो समिक्षा कार्यक्रम सान्र्दभिक भएता पनि समय अभावमा आयोजना गरेको भन्दै टिप्पणी गरे । अध्यक्ष तिमिल्सिनाले उक्त समिक्षा कार्यक्रम दुई चरणमा गर्नुपर्ने बताउदै उद्घाटन सत्र र प्रगती विवरण तथा गतिविधिको छुट्टै प्रस्तुती कार्यक्रम गर्नुपर्ने तर्क राखे । ‘दुई सत्रमा कार्यक्रम गरेको भए अझ प्रभावकारी हुने थियो, उनले भने, ‘कुन गाउँपालिकाले के गर्याे कुन कार्यालयले के गर्याे र के गर्न बाँकी छ ।’

सो गोष्ठीमा रुपा गाउँपालिकाको विकास तथा गतिविधिबारे विष्णु प्रसाद पोखरेलले, संघीय आयोजना कार्यालयको विवरणका बारेमा आयोजना प्रमुख झपट बहादुर थापा, संघीय सिंचाई तथा ढल व्यवस्थापनको बारेमा शेखरचन्द्र केसी, पोखरा महानगरपालिकाको तर्फबाट जयराम पौडेलले, जिल्ला आयोजना कार्यान्वयनको गतिविधिका बारेमा उमेश चौधरी लगायतले प्रगती विवरण बारे प्रस्तुती राखेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.