www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ

काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपांगता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताएका छन् ।

राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आगामी वर्षको कार्ययोजना तयार गर्दा शारीरिक अपांगता भएका व्यक्तिको सहकार्यमा नै तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Batas

मन्त्री गुरुङले भने, ‘यसअघि जे जसरी भौतिक संरचना निर्माण भए पनि आगामी दिनमा निर्माण हुने सबै भौतिक संरचना अपाङ्गमैत्री निर्माण गर्नुपर्छ ।’महासंघका अध्यक्ष बालकृष्ण गैरेले शारीरिक अपांगता भएका व्यक्तिको समस्यालाई सहज बनाउनका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताउँदै कूल अपांगता भएका व्यक्तिमध्ये ५० प्रतिशत शारीरिक अपागं भएका व्यक्ति छन् । ग्रामीण भेगमा उनीहरुको अवस्था अत्यन्तै नाजुक छ । यसका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

महासंघका उपाध्यक्ष रामप्रसाद ढुंगानाले अझै पनि धेरै भौतिक संरचना अपांगतामैत्री नभएकाले यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले घरवारविहीन तथा समुदायमा स्वावलम्बन जीनवयापन गर्न इच्छुक शारीरिक अपांगता भएका व्यक्तिका लागि जनता आवास कार्यक्रमअन्तर्गत उपयुक्त व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अपांगता भएका व्यक्तिको सञ्चार सेवा निर्देशनको समयानुकूल परिमार्जन गरी सार्वजनिक यातायातका सवारी साधन, सूचना तथा सञ्चार प्रविधिलाई अपांगमैत्री बनाउन तथा यसको कडाइका साथ कार्यान्वयन गर्न र गरउन पनि सरकारको ध्यानाकर्षण आवश्यक रहेको उनीहरुले बताएका छन् ।

त्यसैगरी उनीहरुले अपांगता भएका व्यक्तिले प्राप्त गर्ने शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, जीवन बीमा, पेन्सन आदि कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.