www.tandavnews.com
Fact ~ In search of truth

थापिएको खोरमा चितुवा पर्याे , बीस महिनामा नौ बालबालिकाले ज्यान गुमाए

दमौली ।

तनहँुको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर थापेको थियो ।

सात/आठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज विहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी छ चितुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

Batas

भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क पछिल्लो समय बढेको छ । गत बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.