www.tandavnews.com
Fact ~ In search of truth

बृहत् विज्ञान प्रदर्शनी आज (आइतबार) पनि जारी, अवलोकन गर्नेको संख्या बढ्दो

पोखरा ।

पोखरा सभागृृहमा जारी ‘बृहत् विज्ञान प्रर्दशनी’मा विज्ञानप्रति रुची राख्ने विद्यार्थी तथा अभिभावकको चासो बढ्दो रहेको आयोजकले जनाएको छ ।

सिमुलेसन साइन्स सेन्टर, ललितपुरको आयोजनामा गत माघ १५ देखी जारी प्रर्दशनीमा शनिबारसम्म झण्डै ९ हजार विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेको आयोजक संस्थाका कार्यकारी निर्देशक प्रतिक्षा थापाले जानकारी दिइन ।

Batas

नेपालमै पहिलोपटक पोखराबाट सुरु गरिएको बृहत् विज्ञान प्रदर्शनीमा बाल कक्षादेखी कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागीता बढ्दो रहेको कार्यकारी निर्देशक थापाले बताइन ।
उनले भनिन्–‘ प्रर्दशनीमा विज्ञान–प्रविधिसंग सम्बन्धी बाल कक्षादेखि कक्षा १२ सम्मको पाठ्यपुस्तकमा आधारित रहेर विभिन्न १० बढी ‘शैक्षिक शाखाहरु समावेश गरेका छौं ।’

‘जहाँ विद्यार्थी तथा आम अभिभावकले इञ्जिनियरको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिज्म, अवलोकन तथा प्रयोग गरिरहनु भएको छ । जसले गर्दा बिदाको दिनमा पनि अवलोकनकर्ताको संख्या उल्लेख्य मात्रमा बढ्दो रहेको छ ।’

विद्यालयहरुबाट प्रि–बुकिङ मार्फत अवलोकनको व्यवस्था मिलाइएको प्रर्दशनीको अन्तिम अन्तिम अवस्थामा विद्यालयहरुको संस्थागत चासो समेत बढी रहेको कार्यक्रम संयोजक इरज श्रेष्ठले जानकारी दिए । प्रर्दशनीमा कास्की सहित, छिमेकी जिल्लाहरुबाट समेत बुकिङ आइरहेको उनले बताए ।

२९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा रोबटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री समेत राखिएको हुनाले जीवनमा एक पटक हेर्नै पर्ने प्रर्दशनीका रुपमा आफूहरुले यस प्रर्दशनीलाई लिएको संयोज श्रेष्ठले दावी गरे ।

प्रर्दशनीमा समावेश पाठ्य सामाग्री बाहेक रोर्वट, भि–आर सिमुलेटर तथा घुम्ने पृथ्वीप्रति आम सर्वसाधरणको रुची बढ्दो पाइएको संस्थाका निर्देशक प्रकट थापाले बताए ।
उनले भने ‘पोखरामा जारी प्रर्दशनी यसअघि हुने गरेका प्रदर्शनीभन्दा निकै फरक भएकोले सहभागी हुन सम्पूर्णलाई अनुरोध गर्दछु । ’

प्रर्दशनी बिहान ९ देखि साँझ ६ बजेसम्म जारी रहेको आयोजकको भनाई रहेको छ । प्रर्दशनी आज आइतबार पनि जारी रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.