www.tandavnews.com
Fact ~ In search of truth

आध्यात्मिक शिक्षामार्फत तनाव र भ्रष्टाचार अन्त्यमा जोड : मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’को शिलान्यास गरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा हिजो(शनिबार) आयोजित कार्यक्रममा उनले सो सेन्टरको शिलान्यास गर्दै समाजमा नैतिक चेतना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री गुरुङले आध्यात्मिक शिक्षामार्फत समाजमा तनाव र भ्रष्टाचार अन्त्य गर्न जोड दिए ।

माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलुले अध्यात्मको शक्तिले संसार बदल्न सक्ने भन्दै अहिंसाको साझा संकल्पले समाजलाई सुन्दर बनाउने बताए । संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीताले दिव्य अनुभूति केन्द्र सबै आध्यात्मिक मनहरुको साझा घर भएकाले यसबाट दिव्यज्ञान फैलाएर समाजलाई सकारात्मक रुपान्तरण गर्न जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङ, विन्दुकुमार थापा संस्थाका सल्लाहकार राजयोगी दीपेन्द्र अधिकारी, संस्थाका महासचिव शैलेश बराल, ब्रम्हकुमारी दुर्गालगायतले शुभकामना दिएका थिए ।

शिला अनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायतका प्रस्तुतिहरु रहेको कार्यक्रम सञ्चालक राजयोगी ब्रकु शिशिर रेग्मीले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.