www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी बैंकको एकैसाथ ३ शाखा विस्तार

पोखरा ।

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा एकै साथ तिन वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । यो समेत बैंकको मुलुक भरी ९५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ ।

न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को द्यभकत ःबलबनभम म्भखभयिऊभलत द्यबलपको एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड संकलन गरी २७ अर्व ५३ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।

अब उपरान्त बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ATM वाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।

पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग ,मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएकोछ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । एटिएम(ATM) सेवा , मोवाइल बैंकिङ्ग सेवा , एसएमएस(SMS) बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा, ABBS बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।

मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जर-प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.