www.tandavnews.com
Fact ~ In search of truth

लोक स्रष्टा कल्याण शेरचनको नवौं स्मृति दिवस : गायिका बाबा राणा सम्मानित

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/पोखरा ।

‘लोक सँस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने नारा सहित कल्याण शेरचनको योगदानको अमरत्व प्रदान गर्न स्थापित प्रतिष्ठानको नवौं स्मृति दिवसमा बरिष्ठ गायिका बाबा राणा बज्राचार्य सम्मानित भएकी छिन् ।

पोखरामा आयोजित कार्यक्रमका बिच सम्मानपत्र सहित २५ हजार १ रुपैया, दोसल्ला, माला, खादाले बज्राचार्य सम्मानित भएकी हुन् ।लोकगीत संगीततर्फबाट वरिष्ठ गायिका बज्राचार्यलाई प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी, प्रतिष्ठानका संरक्षक चेतन कार्की, प्रतिष्ठानका प्रमुख संरक्षक कल्याण शेरचनकी धर्मपत्नी शर्मिला शेरचन र प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर गुरुङ ह्योल्मोले सम्मान प्रदान गरे ।

Batas

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ठ सँस्कृतिकर्मी, साहत्यिकार, गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले स्रष्टाको स्मृतिमा स्रष्टा सम्मानले स्वर्गीय शेरचनको वार्षिक स्मरण र सम्मानित स्रष्टाको मुल्यांकन हुने गरेको बताए । उनले लोक सँस्कृति नै नेपाली राष्ट्रिय पहिचान भएकाले मौलिकता संरक्षण आजको आवाश्यकता भएको तर्क राखे ।

पश्चिमा सँस्कृतिले विकृत बनाइरहदाँ राष्ट्रियतालाई बलियो बनाउन सर्जकहरु जुट्नु पर्ने बताउँदै स्वर्गीय शेरचनप्रति श्रद्धाञ्जली अर्पण व्यक्त गरे ।त्यस्तै सम्मानित भएका वरिष्ठ गायिका बाबा राणाले कल्याण शेरचन जस्तो लोकस्रष्टा, साधक, शिल्पीको स्मृतिमा सम्मानित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताईन ।

उनले कुनै पनि विधामा निरन्तर साधना गरिरहे राम्रो गर्न सकिने र मुल्यांकन पनि हुने भन्दै आफ्नो गायिकीको उच्च सम्मान गरेकोमा प्रतिष्ठान प्रति आभार व्यक्त गरिन् ।उनले उनले साँईको घर कहाँ हो कहाँ, बिर्सी जाने निष्ठुरीलाई, हे आमा जन्मायौ किन, करोडौं मुटुहरुको… जस्ता कालजयी गीतका साथै करिब एकसय पचास भन्दा बढी गीत रेकर्ड गरिसकेकी छिन् ।

उनी राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत, राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा स्वर्ण पदक विजेता समेत हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.