www.tandavnews.com
Fact ~ In search of truth

सृजनशिलको हाजिरी जवाफमा त्रिवेणी प्रथम

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ को सृजनशिल युवा क्लवले राखेको अन्तर विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगीतामा त्रिवेणी मावि प्रथम भएको छ ।

मा .वि स्तरीय प्रतियोगितामा सहभागी अन्य विद्यालयहरुलाई पछि पार्दै त्रिवेणी माविका विद्यार्थीले प्रथम स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा न्यु एरा मावी उप–विजेता भएको छ भने जेसीए मावीले तृतीय स्थान हासिल गरेको छ।

क्लवका अध्यक्ष निरोज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले यस प्रकारको प्रतियोगिताले विद्यार्थीमा सामान्य ज्ञानको जानकारी हुने भएकाले सवै विद्यालयहरुले पढाईको साथमा सामाजिक विषय वस्तुका बारेमा पनि जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महासाखाका उप प्रमुख बिश्वराज आचार्य,सस्थापक अध्यक्ष बेदप्रसाद बस्ताकोटी,निर्वतमान अध्यक्ष महेश अधिकारी समाजसेवी राजेन्द्रमणि लामिछाने लगाएको उपस्तिथि रहेको ठियो।

उक्त कार्यक्रममा सदस्य कमला बराल ले त्तगष्शmबकतभच को जिम्मेवारी निभाएका थिए भने क्लब उपाध्यक्ष रोशन लामिछानेले संयोजनको जिम्मेवारी पाएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.