www.tandavnews.com
Fact ~ In search of truth

सप्तरीमा लागुऔषधसहित एक पक्राउ

सप्तरी ।

भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् ।

सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Batas

परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ ।

भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शंका लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.