www.tandavnews.com
Fact ~ In search of truth

किशोरी बेच्न खोज्ने गोरखाका दुई व्यक्ति पक्राउ

गोरखा।

किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो ।

यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शंका लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

Batas

‘एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३ गते भिडियो समेत खिचेर २४ गते चितवनतर्फ लगेका रहेछन्’, उनले भने, ‘पछि उनी आफैँ भागी घर फर्किएर आमालाई घटनाबारे जानकारी गराएपछि सबै थाहा भयो ।’

पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, एक करोड पाउँछौ भनेर लगेको पाइयो’, उनले भने।

पीडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्न दुवैलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनेको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध बेचबिखन तथा मानव ओसारपसार कसुरअन्तर्गत प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.