www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एक दिवसिय यु–१६ क्रिकेट हुने

५ टिम सहभागी हुने

सरिता जिसी /विद्यार्थी पत्रकार
ताण्डव न्यूज/पोखरा ।

पोखरामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला एक दिवसीय (५० ओभर) क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पहिलो संस्करणको यु –१६ (१६ वर्ष मुनिका) प्रतियोगीता हुने आज (सोमबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

एकेडेमीका अध्यक्ष बमबहादुर कुँवरले आगामी २९ देखी फागुन ९ गते सम्म पोखरा रंगशालामा उक्त प्रतियोगीतामा सञ्चालन हुने बताए । उनले उक्त प्रतियोगीतामा आयोजक (कास्की) को दुई टिम, नवलपुर, बाग्लुङ र स्याङ्जाको गरी कुल ५ टिमको सहभागीता रहने जानकारी दिए ।

उनका अनुसार १० दिन सञ्चालन हुने उक्त प्रतियोगीतामा १० खेलहरु हुनेछन् । कुँवरले उक्त प्रतियोगीता राउण्ड रोविन लिगको आधारमा सञ्चालन गरिने बताउदँै प्रत्येक टिमले ४ खेल खेल्न पर्ने बताए । ‘हरेक खेल बिजेता टिमले ३ अंक प्राप्त गर्नेछ, उनले भने, ‘सबै खेलहरु सकिएपछि शिर्षस्थानमा रहने टिम प्रतियोगीताको च्याम्पियन बन्नेछ ।’

उनले बिजेता बन्ने टिमले नगद २० हजार सहित शिल्ड प्राप्त गर्ने बताए । त्यस्तै हरेक खेलबाट म्यान अफ दि म्याच बन्ने खेलाडी, सर्बाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलर ट्रफीले पुरस्कृत बन्नेछन् । साथै प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई हौसला सहित राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा नेपाली शब्दकोष (डिस्नेरी) प्रदान गर्नेछन् ।

प्रतियोगीतामा सभागिता हुनका लागि विभिन्न बन्द प्रशिक्षणबाट छनौट गरिने प्रतियोगिता संयोजक चन्द्र गुरुङ (जिम्मी) ले बताए । उनले स्तरिय खेलाडी उत्पादनमा सघाउ पुग्ने बताउदै उक्त प्रतियोगीता आयोजना गरिएको बताए । प्रतियोगीता सम्पन्न गर्नका लागि करिब ३ लाख ८४ हजार ४ सय अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.