www.tandavnews.com
Fact ~ In search of truth

ग्रुप अफ ईण्डष्ट्रिजको ‘हस्पिटालिटी एण्ड कस्टमर सर्भिस’ तालिम

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/पोखरा ।

मदिरा बजारलाई व्यवस्थित र मर्यादित बनाउदै आएको जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजले पोखरामा ‘हस्पिटालिटी एण्ड कस्टमर सर्भिस’ तालिम दिएको छ ।

पोखराको लेकसाईड, न्यूरोड तथा चिप्लेढुङ्गाका ५० वेटर्स र बारम्यानलाई पाहुनाहरुसँग गर्ने व्यवहार, शिष्टाचार, स्वागत तथा सत्कारको विषयमा आज (मंगलबार) तालिम दिएको हो ।

Batas

कुल ५० प्रशिक्षार्थीलाई ह्वाईट हाउस कलेज काठमाण्डौका श्याम श्रेष्ठले तालिम दिए । उनले तालिम अवधिमा व्यवहारिक ज्ञानलाई विशेष जोड दिएका थिए ।

आयोजक संस्थाले उक्त तालिम पश्चात प्रशिक्षार्थीहरुको व्यक्तिगत जिवन स्तर उकास्न तथा क्षमता अभिबृद्धि गर्न सिप विकासमा सघाउने पुग्ने विश्वास लिएको छ । साथै उनीहरुले प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि हुने समेत अपेक्षा लिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.