www.tandavnews.com
Fact ~ In search of truth

स्थानीयले खुलाए हिउँले रोकिएको घान्द्रुक–टाढापानी पदमार्ग

सरिता जिसी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

हिमपातका कारण रोकिएको कास्कीको अन्नपूर्ण गाउँपालिका ११ अन्तर्गतको घान्द्रुक–टाढापानी पदमार्गलाई स्थानिय डाँफे युवा क्लब मेलाचेको अगुवाईमा खुलाईएको छ ।

Batas

क्लबका अध्यक्ष गोकुल पौडेलले नेतृत्वमा अन्नपूर्ण संरक्षण आयोजना क्षेत्र भित्र पर्ने पुरानो तथा लोकप्रिय उक्त पदमार्गमा रहेको हिउँलाई हटाउने र जोखिम स्थानमा डोरी राख्ने काम गरेको पर्यटन व्यवसायी तथा समाजसेवी अमृत लामा गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार केही दिन अघि देखी भएको हिमपातका कारण सो पदमार्ग अवरुद्ध रहेको थियो ।त्यस्तै क्लबका अध्यक्ष गोकुल पौडेलले घान्दु्रक हुदै टाढापानी जाने मार्गमा परेको बाक्लो हिउँका कारण पर्यटकले गन्तव्य नै परिवर्तन गर्ने बाध्यात्मक परिस्थिति अब नरहेको बताए ।

‘बाक्लो हिउँको कारण चिप्लिने डर भएकाले कति पर्यटकले त गन्तव्य नै परिवर्तन गरे, उनले भने, ‘अब त्यस्तो स्थिति छैन हामीले केही सहज बनाएका छौ । जोखिम ठाउँहरुमा डोरी राखिदिएका छौ ।’

उनले पछिल्लो समय सो पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बृद्धि भएको बताउदै पर्यटकहरुलाई सुरक्षित तरिकाले यात्रा गर्ने वातावरण बनाउने स्थानियको भुमिका रहेकोले हिउँ हटाएको बताए । ‘यो कार्यले सकरात्मक सन्देश त जाने नै भयो, उनले भने, ‘२० लाख पर्यटक भित्राउने सरकारको लक्ष्यलाई समेत थप सघाउने छ ।’

उनका अनुसार उक्त पदमार्गमा अहिले सयौंको संख्यामा पर्यटक भित्रिने गरेकोछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.