www.tandavnews.com
Fact ~ In search of truth

कृषिलाई नाफामुखी बनाउनुपर्छ :कृषिमन्त्री भुसाल

लमजुङ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्ने बताए।

मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुनेगरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताए । उनले भने, ‘मैले अध्ययन गरिरहेको छु । म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझे । केही दिनमा देखिनेगरी कामको शुरुआत हुन्छ ।’

Batas

सो अवसरमा प्रदेश सांसद सन्तोष पाण्डे, फकरुद्दिन खान, संविधानसभाका पूर्वसदस्य इस्तियाक अहमद खान, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रजिअ महादेव पन्त, उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी लगायतले लुम्बिनी प्रेस क्लबको गतिविधिले लुम्बिनी क्षेत्रको विकासमा टेवा दिएको बताए ।

क्लबले १२ धुर जग्गामा चारतलाको अपांग मैत्री भवन बनाउने क्लबका अध्यक्ष दीपेश पछाईंले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.