www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र पत्रकार संघ कास्कीको नयाँ कार्यसमिति गठन,अध्यक्षमा अरुण गिरी

पोखरा ।

चलचित्र पत्रकार संघ कास्की शाखाको चौथो अधिवेशनबाट अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । हिजो(मंगलबार) पोखरामा सम्पन्न भएको अधिवेशनमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

गिरीले निकटतम प्रतिद्धन्दी राजाराम पौडेललाइ झिनो मतान्तरले पराजित गरे । उपाध्यक्षमा सन्तोष सुवेदी निर्विरोध चयन भए । यस्तै सचिवमा प्रभु अधिकारी सुशन घिमिरेलाई पछाडी पार्दै चयन भएका हुन् । सह—सचिवमा सन्तोष बस्याल निर्विरोध चयन भएका छन् ।

Batas

संघको सदस्यहरुमा शंकर तिवारी, आशिष पुरी, प्रकाश राज तिवारी(अर्पण), बिनिता सुनार निर्विरोध चयन भएका हुन् । केन्द्रिय प्रतिनिधिमा बोधराज रेग्मी र सुशन घिमिरे चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभूवन पौडेलको संयोजनमा रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मनोरञ्जन क्षेत्र सबैभन्दा बिक्ने क्षेत्र भएकाले यसमा कलम चलाउनेहरुको अभाव पोखरामा खड्किएको अवस्थामा नयाँ कार्यसमितिले ध्यान दिने विश्वास गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले मोफसल पत्रकारिता बिट अवधारणबाट वाच्न नसकेको बताएका थिए । गण्डकी प्रदेशले पोखरालाइ फिल्म सिटी घोषित गरेता पनि विट पत्रकारितामा मोफसल अझै पछि रहेको उनको धारणा थियो ।

त्यस्तै, चलचित्र पत्रकार संघका केन्द्रिय संगठन उपाध्यक्ष दिनेश सिटौलाले पत्रकारले इमान्दार भएर काम गर्नु पर्ने उल्लेख गरे । चलचित्र पत्रकारितामा निष्पक्ष भएर लाग्न नयाँ कार्यसमितिका पदाधिकारीलाई उनको आग्रह थियो । ‘पछिल्लो समयमा चलचित्र पत्रकारितामा नकारात्मक धारणा आएका छन्’, उनले भने, ‘यसले समाजमा चलचित्र प्रति दर्शकहरुको रुचिलाइ घटाएको छ, ।’ उक्त कुरालाइ ध्यानमा राखी काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले मोफसलमा व्यावसायिक रंगपत्रपत्रिकाको माहोल थालनी गर्नु पर्ने बताएका छन् । नयाँ कार्यसमितिबाट पोखरा रंगपत्रकारितामा धेरै अपेक्षा गरेको उनको भनाइ थियो ।

निर्वतमान अध्यक्ष रेम विकको कार्यसमितिले यसअघि पोखरामा चलचित्र पत्रकारिता कार्याशाला गोष्ठी, पोखरा फिल्म सोसाइटी र गुरुङ फिल्म एशोसिएसन नेपालको सहकार्यमा चलचित्र समिक्षा कार्यक्रम गर्दै आइरहेको थियो ।

विककै अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा गुरुङ फिल्म एशोसेसनका अध्यक्ष भोज बहादुर गुरुङ र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान लगायतले बोलेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.