www.tandavnews.com
Fact ~ In search of truth

प्रेम दिवसमा देशभर चलचित्र ‘लभ डायरीज’

लता जोशी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

नेपाली चलचित्र ‘लभ डायरीज’ को प्रर्दशन प्रणय दिवस (फागुन २) का दिन देखी देशभर एकैसाथ हुने भएको छ ।

चलचित्रको देशव्यापी प्रचारप्रसार गर्न निस्केको टोलीले नेपाल चलचित्र पत्रकार सँघ कास्कीको समन्वयमा पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सो चलचित्र देशभर प्रर्दशनमा आउने जानकारी दिईएको हो ।

उक्त चलचित्रको बारेमा जानकारी दिदै नायक शुशिल श्रेष्ठले प्रेम दिवसको दिन देशभर एकैसाथ प्रर्दशनमा आउने भएकाले प्रेमी–प्रेमीकालाई चलचित्र हेर्न आग्रह गरे । ‘मायाबाट एक अर्कालाई मोटिभेट गर्ने दिनको रुपमा ‘भ्यालेनटाईन्स डे’ लाई लिने गरिन्छ, उनले भने, ‘सोही दिन प्रर्दशनमा आउदैछ प्रेमी–प्रेमीका सबैलाई हेर्न आग्रह गर्दछु ।’

उनले विगत दुई वर्ष अघि छायाँकन सकिएको बताउदै विभिन्न कारणले गर्दा प्रर्दशनको मिति सरेको बताए । आफुले अभिनय गरेको फिल्महरुले अपेक्षित सफलता नपाएपनि लभ डायरीज’ बाट सकरात्मक आशा रहेको श्रेष्ठले उल्लेख गरे । उनले बलिउडलाई जस्तै नेपाली चलचित्रलाई दर्शकको साथ नहुने बताउदै भने, ‘कुनैपनि चलचित्र फ्लप हुनुमा नायक र नायिकाको मात्र दोष हुदैन ।’ श्रेष्ठले यसअघि ४ वटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

त्यस्तै ‘लभ डायरीज’ बाट डेब्यू गरेको बताउदै चलचित्र क्षेत्रको करिअर सुरु भएकोे नायिका रुबिना थापाले बताईन् । उक्त चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै

सहयोगको अपेक्षा गरिन् । सो चलचित्रको निर्देशन सौरभ चौधरीले गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.