www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पहिरोको उच्च जोखिममा रहेको नासाको चेतावनी

काठमाडौं ।

नेपाल पहिरोको उच्च जोखिममा रहेको नासाले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासा, स्ट्यानफोर्ड विश्वविद्यालय र अमेरिकाको राष्ट्रिय समुद्री तथा वातावरणीय प्रशासन एनओएएको संयुक्त अध्ययनले नेपाल, चीन र तिब्बत उच्च पहिरोको जोखिममा भएको बताएको छ।

Batas

जलवायु परिवर्तनका कारण लगातार पानी पर्ने सम्भावना भएको र भीषण वर्षाले एसियाली उच्च हिमाली क्षेत्र चीन, तिब्बत र नेपालमा पहिरो जाने खतरा भएको अध्ययनमा उल्लेख गरिएको छ।

यस अध्ययन त्यस क्षेत्रमा वर्षा र पहिरोको बिचको सम्बन्धको पहिलो मात्रात्मक अध्ययन भएको बताइएको छ।हिमाली क्षेत्रमा धेरै पहिरो जाँदा त्यसले भीषण बाढी निम्त्याउने र सयौं माइलसम्म बाढीको प्रभाव पर्नेछ’ अध्ययनमा भनिएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.