www.tandavnews.com
Fact ~ In search of truth

तमुहरुको वोन धर्म संरक्षण गर्न गगनगौँडामा प्रवचन

सरिता जिसी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

तमु प्हे ल्हु सँघ ईकाई समिति शुक्लागण्डकी १ थप्रेकले मौलिक वोन धर्मको संरक्षण र प्रर्वद्धन गर्न पच्यु तथा वोनपोलम प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

Batas

‘प्ये म्हस्या छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्हस्या म्हि म्हमु’ भन्ने नारा सहित एक दिने प्रवचन कार्यक्रमम आज (बुधबार) पोखरा महानगरपालिका ३० माथिल्लो गगनगौँडामा सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पच्यु यार्जङ क्रोम्छे तमु, क्ल्हेप्री चन्द्र टु क्ल्हेप्री तमु र वोन्पोलम चोक बहादुर लम तमुले प्रवचन दिए । उक्त अवसरमा बोल्दै धर्म गुरुहरुले प्ये र तमु संस्कारको प्रबद्र्धन र जगेर्नाको पक्षमा प्रवचन प्रस्तुत गरे ।

तमु समुदायको मौलिक संस्कार र वोनधर्मप्रतिको आस्था पछिल्लो समय कमि हुदै गएकोले सबै तमुहरु त्यस तर्फ सचेत हुन आवश्यक रहेको धर्म गुरुहरुले धारणा राखेका थिए ।

उक्त कार्यक्रमको सहजिकरण गरेका तमु प्ये ल्हु सँघका केन्द्रिय सदस्य सुरज ल्होमे तमुले मौलिक वोन धर्मको जगेर्ना गर्न युवा पुस्ताले चाँसो दिनुपर्ने अभिव्यक्ति राखे ।

उनले पछिल्लो समय तमुहरुले आफ्नो मौलिक बिर्सेर अन्य धर्म मान्दै आएकोले समुदायको मौलिक वोन धर्मसंकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे । ‘आँखीभौ फुलिसकेको हामी बुढाहरु होईन अब युवाहरुले वोनको संरक्षण र सचेतना जगाउनुपर्छ ।’ उनले भने ।

तमु प्हे ल्हु सँघ ईकाई समिति थप्रेकको अध्यक्ष लेनीन प्हच्यु तमुको सभापतित्वमा सम्पन्न एक दिने उक्त प्रवचन कार्यक्रममा तनहुँ र पोखराका तमुहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.