www.tandavnews.com
Fact ~ In search of truth

कुवेतमा चार नेपाली कामदारको मृत्यु

काठमाडौं ।

कुवेतमा पहिरोले पुरिदाँ चार नेपालीको ज्यान गएको छ । एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए ।

Batas

पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । जसमध्ये चार नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई अस्पताल लगिएको छ । थप तिन जना नेपाली मजदुर अझै हराइरहेका छन् ।

घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने अझै खुलेको छैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.