www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथनमा मुख्यमन्त्री गुरुङ सहित ७ हजार दौडने

लता जोशी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी (फागुन) ३ गते पोखरामा हुने १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सम्पुर्ण तयारी पूरा भएको छ ।

Batas

पोखरामा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मञ्चका अध्यक्ष तेज गुरुङले उक्त म्याराथनमा ७ हजार दौडने अपेक्षा रहेको जानकारी दिए । उनले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन तथा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी लगायतले ‘रन फर फन’ को विधामा सहभागि हुने बताए । उनका अनुसार महिला भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो समेत म्याराथनमा दौडने छन् ।

उनले संरक्षक उक्त म्याराथनको सम्पूर्ण तयारी पुरा भइसकेको बताउदै १३ विभिन्न देशका २१ जना विदेशी धावकहरु पोखरा आईसकेको बताए । अध्यक्ष गुरुङले विश्वमा विभिन्न मुलुकमा सिटी म्यराथानको अवधारणाको विकास भइरहेको र त्यसका माध्यमबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको धारणा राखे ।

उनले विभिन्न विधामा प्रतियोगिता सञ्चालन हुने बताउदँै खुल्ला तर्फको विजेता धावक लाई मेडल सहित २ लाख प्रदान गरिने बताए । त्यस्तै उनका अनुसार द्धित्तिय बन्ने धावकले मेडल सहित १ लाख प्राप्त गर्नेछ भने तृतीय र सान्त्वना हुने धावकले क्रमश मेडल सहित ७५ हजार र १५ हजारको हकदबार बन्नेछन् ।

उनले १० किमी (पुरुष-महिला), ५ किमी (पुरुष-महिला), ह्विलल चियर (पुरुष-महिला), दृष्टिविहिन (पुरुष-महिला) गरी खुल्ला सँगै ५ विधामा प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

गुरुङले महानगरका १ देखि १७ नं वडामा पर्ने रुटका चोकहरुमा स्थानीय विभिन्न संघ–संस्था, आमा समुह र सांस्कृतिक समुहहरुले आ–आफ्नो भेष–भुषा, पञ्चे बाजा गाजा, भजन चुड्का सहित धावकहरुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको बताए ।

अध्यक्ष गुरुङले विभिन्न देशमा रहेका नेपालका विभिन्न संघ–संस्था पोखरेली मञ्च यु.के. सहारा यु.के, हङकङ नेपाली समाज, अमेरिका स्थित बोष्टनमा बसोबास गर्ने व्यक्तित्वहरुको सहयोग रहेको जानकारी दिए ।

पोखरा म्याराथनका लागि पोखरा आईपुगेका युके संयोजक मञ्जु गुरुङ स्वयम् दौडने बताईन् । ब्रेष्ट क्यान्सरलाई जितेर खेलकुद र सामाजिक अभियानमा लागिपरेको बताउदै गुरुङले क्यान्सरको बारेमा समयमै जानकारी भए उपचार सम्भव रहेको बताईन् । उनले क्यान्सर जस्तो रोग पनि निको हुने सन्देश दिनका लागि आफु दोस्रो पटक पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले जानकारी दिईन् ।

पोखरा म्याराथनले नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुर्याउने भएकाले गैर आवाशिय नेपाली संघ (एन.आर.एन) यूकेका अध्यक्ष पुनम गुरुङ, सहारा युके, बगर भाई खलक यूके लगायतको टोली नेपाल आईसकेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो ।

सुजल डेरीको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा सम्पन्न हुने उक्त म्याराथन पोखरा रंगशालाबाट सुरु हुनेछ । अनुमानित करिब ३५ लाख बढी खर्च हुने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.