www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका भक्तबहादुर र कृष्ण ‘पुलिस अफ दि मन्थ’

प्रतिक्षा बास्तोला/विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

कास्की प्रहरीले हरेक महिना प्रोत्साहान स्वरुप प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको उपाधि प्रहरी जवान भक्तबहादुर नहर्की र कृष्ण ढकालले पाएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आज (बिहिबार) आयोजित एक कार्यक्रमका बिच जिल्ला ट्राफिक कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान भक्तबहादुर नहर्की र वडा प्रहरी कार्यालय बैदामका प्रहरी जवान कृष्ण ढकालले माघ महिनाको उत्कृष्ट प्रहरीको उपाधि पाएका हुन् ।

ढकालले गत महिना पैदलयात्री महिलालाई ठक्कर (हिट एण्ड रन) दिएर फरार रहेको ट्रकलाई नियन्त्रणमा लिन सफल भएको र ट्राफिक प्रहरी नहर्कीले ट्राफिक व्यवस्थापनमा चुस्तताका साथ कर्तव्य पूरा गरेको भन्दै ‘पुलिस अफ दि मन्थ’ उपाधि सहित प्रशंसा पत्र र नगद पुरस्कार गण्डकी प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक राजेश कुमार लाल कर्णले प्रदान गरे ।

सो अवसरमा बोल्दै लाल कर्णले बधाई ज्ञापन गरे । उनले पुरस्कृत द्वयबाट अन्य प्रहरीहरुले समेत अनुसरण गर्नुपर्नेमा जोड दिए । प्रहरीलाई हौसलाको आवश्यक रहने उल्लेख गर्दै उनले सकरात्मक कार्यको दिशामा अभिप्रेरित गर्न त्यस्ता खालका पुरस्कारले थप सघाउने धारणा राखेका थिए ।

सोही कार्यक्रमका बिच नेपाल भारत युथ सोसाईटीले कास्की प्रहरीलाई सहयोग स्वरुप ५० थान बिस्तारा डल्लब) हस्तान्तरण गरेको थियो ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.