www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा खस आर्य सङ्ग्रहालय बन्ने

पोखरा ।

क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय बन्ने भएको छ ।

पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बिहीबार शिलान्यास गर्दै भौगोलिक अवस्थाअनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गर्नुपर्ने बताए । उनले संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

Batas

गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले जातीय सद्भावका लागि खस आर्य संग्रहालय महत्वपूर्ण हुने धारणा राखे । अर्का प्रदेशसभा सदस्य कृष्ण थापाले संग्रहालयले सबैले अपनत्व महसुस गर्ने गरी साझा हुनुपर्नेमा जोड दिए । । प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनुनै आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापाक डा दिलबहादुर क्षत्रीले समाजले सदैव सबै जातिको सम्मानका लागि आन्दोलन गरेकाले संग्रहालय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने धारणा राखे ।

निर्माण समितिका अध्यक्ष प्रेमबहादुर जिसीले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग संकलन गरी एक वर्षभित्र सात करोडको लागतमा पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

पोखरा महानगरपालिका–९ का अध्यक्ष रामराज लामिछानेले स्थानीयस्तरबाट सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताए । सोही कार्यक्रममा नापी कार्यलयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो । निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मिला खड्का, सचिव पदमबहादुर कार्की, पण्डित सोमनाथ सुवेदीलगायतले सङग्रालयका बारेमा चर्चा गरेका थिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.