www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४९१, संक्रमित ६५ हजार २४७,कहाँ कति संक्रमित?

काठमाडौं ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनकै बढिरहेको छ ।

नोवल कोरोना भाइरसका कारण आज (शुक्रबार) बिहानसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ।कोरोना संक्रमणका कारण बिहीबार चीनमा १ सय २३ र जापानमा १ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको हो।

Batas

यी मृतकमध्ये हङकङ, फिलिपिन्स र जापानका एक/एक जना छन्। बुधबारको तुलनामा बिहीबार मृत्यु तथा संक्रमण दर घटेको जनाइएको छ ।चीनमा हिजो (बिहीबार) मात्रै थप ४ हजार ८ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको चीनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १ १ जनालाई कोरोना संक्रमण भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्

शुक्रबार बिहानसम्म विश्‍वरभर गरेर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको छ।चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ। चिनियाँ स्वास्थ्य आयोगको अनुसार संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको हो ।

यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमण पुष्टि गरिदैँ आएको थियो भने अहिले लक्ष्ण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गर्ने गरिएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ।

चीनमा १ हजार ४८८ मृत्यु, ६४,६५८ संक्रमित फेला परेका छन् । त्यस्तै हालसम्म हङकङमा १ को मृत्यु, ५३ संक्रमित, फिलिपिन्समा १ को मृत्यु, ३ संक्रमित जापानमा १ को मृत्यु, २५२ संक्रमित भेटिएका छन् ।

सिंगापुरमा ५८, थाइल्यान्डमा ३३, दक्षिण कोरियामा २८,ताइवानमा १८,अस्ट्रेलियामा १५,मलेसियामा १९,जर्मनीमा १६,भियतनाममा १६,अमेरिकामा १५,फ्रान्समा ११,मकाओमा १०,बेलायतमा ९, क्यानडामा ७, यूएईमा ८,इटालीमा ३, भारतमा ३, रुसमा २, श्रीलंकामा १, कम्बोडियामा १, फिनल्यान्डमा १,नेपालमा १,स्विडेनमा १, स्पेनमा १ र बेल्जियममा १जना संक्रमित भेटिएका छन् ।

नेपालमा हालसम्म १ जनामा मात्र यस भाइरसको संक्रमण देखिएकाले डराउनुपर्ने देखिदैन । भारइस भित्रिन नदिन चीनियाँ पर्यटकको आवागमनमा कडाई गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.