www.tandavnews.com
Fact ~ In search of truth

कृति ‘गाँउका सिँह जहरसिँह’ को विमोचन

प्रतिक्षा बास्तोला/ विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/ पोखरा

डा. बासुदेव काफ्लेद्वारा लिखित स्व. जहरसिँह केसीको जीवनीमुलक कृति ‘गाँउका सिँह जहरसिँह’ को लोकार्पण गरिएको छ ।

Batas

पोखरामा आज (शुक्रबार) कुलो अभियन्तता स्व. जहरसिँह केसीको स्मृति दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले उक्त कृतिको लोकार्पण गरेको हो । सो अवसरमा बोल्दै सांसद अधिकारीले लेखक डा.काफ्लेलाई बधाई सहित शुभकामना प्रदान गरे । कुलो अभियन्ता स्व. केसीको जीवनीलाई पुस्तकमा उतारेको बताउँदै कृषिक्रान्ति प्रति उनको योगदान रहेको अधिकारीले स्मरण गरे ।

त्यस्तै शुभकामना मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा विकास समितिका सभापति दिपक कोईरालाले सो कृति ईतिहासको दस्ताबेज बनेको बताए । उनले उक्त पुस्तक कुनै व्यक्तिको बारेमा लेखिएको भएतापनि पुरानो समाजको चर्चा गरेको उल्लेख गरे । ‘हिजो हाम्रो समाज कसरी अगााडि बढेको थियो भन्ने कुरा यो पुस्तकले अभिव्यक्त गरेको छ ।’ उनले भने ।

कोईरालाले उक्त पुस्तकबााट नयाा पुस्ताले प्रेरणा तथा स्रोतका रुपमा लिनुपर्ने धारणा राखेका थिए ।त्यसैगरी रुपमा गाउँपालिकाका प्रमुख नवराज ओझाले जहरसिँहको सामाजिक कार्यलाई स्मरण गर्दै जहरे कुलोको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

जहरसिँहका छोरा ईन्जिनियर रामबहादुर केसीले दिएको सम्पूर्ण विवरणका आधारमा उक्त कृति ४६ बर्ष समयको अन्वेषण पश्चात कृति सार्वजनिक गरेको लेखक डा. काफ्लेले बताए । उक्त कृतिमा जहरसिँहको योगदान, उनको जिवित कालको नवीन सोच, साहसिक कार्य लगायतका लेखहरु समावेश गरिएको बताए ।

उनले जहरसिँहका कान्छा छोरा ईन्जिनियर केसीले पिता प्रति दिखाएको श्रद्धाका कारण उक्त कृति बजारमा आउन सफल भएको जानकारी दिएका थिए ।

वि.स. १९४६ सालमा जन्मिएका जहरसिँह केसीको २०११ सालमा मृत्यु भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.