www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवाद्वारा राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Batas

उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय योगदान पुर्याएको बताए ।

विसं २०२६ मा जन्मेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

काँग्रेसको बाह्रौँ र तेह्रौँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए। विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.