www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सरकारले दोस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने

प्रतिक्षा बास्तोला/विद्यार्थी पत्रकार

Lama collectio News Middle

ताण्डव न्यूज/पोखरा ।

गण्डकी प्रदेश सरकारले दोस्रो वार्षिकोत्सव आगामी आईतबार (४ गते) भव्यताका साथ मनाउने भएको छ ।

प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुगेको उपलक्ष्यमा उपलब्धि सहित वार्षिकोत्सव आगामी आईतबार मनाउने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सुखद अवसरमा जनतासँग खुशि साट्ने गरी वार्षिकोत्सव मनाउन गैरहेको पत्रकार सम्मेलन मार्फत बताए ।

उनले उक्त कार्यक्रममा प्रदेश सरकारले गरेको उपलब्धिको बारेमा समेत प्रस्तुत गर्ने जानकारी दिए ।मन्त्री गुरुङले सोही कार्यक्रमका बिचमा उत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने कार्यक्रम तय गरिएको बताए ।

उनले उक्त कार्यक्रममा पूर्व संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु, महानगरपालिकाका प्रमुख तथा उपप्रमुख जनप्रतिनिधिहरुको उपस्थिति रहने बताउदै वक्ताको रुपमा ३ जना रहने उल्लेख गरे । उनका अनुसार प्रमुख प्रतिपक्ष दलका नेता, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश प्रमुख अमिक शेरचनले मात्रै सो कार्यक्रममा बोल्नेछन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्राङ्गणमा हुने उक्त वार्षिकोत्सव कार्यक्रमको प्रत्यक्ष प्रशारण एबीसी न्यूज टेलिभिजन काठमाण्डौले गर्ने प्रदेश सरकारले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop