www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथनः’रन फर फन’का लागी दौडे मुख्यमन्त्री गुरुङ

लता जोशी/विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/पोखरा ।

भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज शनिबार पोखरामा सुरु भएको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ‘रन फर फन’ विद्यामा  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दौडेका छन् ।

रन फर फन विद्यामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सांसद दिपक कोइराला, राजीव पहारी, कृष्ण थापा , मोहन रेग्मी र महानगर प्रमुख मानबहादुर जिसी सहभागी भए । मुख्यमन्त्रीसहित रन फर फनमा सहभागी सबैले ५ किलोमिटर दौडिएको जनाइएको छ ।

Batas

दौडिएपछि मुख्यमन्त्री गुरुङले आफु शान्तिको सन्देश प्रवाह गर्नको लागी रन फर फन विद्यामा दौडिएको बताए । सात प्रदेश मध्ये गण्डकी प्रदेश खेलकुदको हव भएको र पोखरा शान्तिको प्रदेश भएको मुख्यमन्त्रीले धारणा राखे ।

म्याराथनको विभिन्न विद्यामा गरि करिब ७ हजार सहभागी भएका छन् ।१३ विभिन्न देशका २१ जना विदेशी धावकहरु पनि दौडिएका छन्। प्रतियोगिता खुल्ला तर्फको विजेता धावकलाई मेडल सहित २ लाख प्रदान गरिने छ । त्यस्तै द्धित्तिय बन्ने धावकले मेडल सहित १ लाख प्राप्त गर्नेछन् भने तृतीय र सान्त्वना हुने धावकले क्रमश मेडल सहित ७५ हजार र १५ हजारको हकदबार बन्नेछन् ।

उनले १० किमी (पुरुष–महिला), ५ किमी (पुरुष–महिला), ह्विलल चियर (पुरुषमहिला), दृष्टिविहिन (पुरुष–महिला) गरी खुल्लासँगै ५ विधामा प्रतियोगिता भइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.