www.tandavnews.com
Fact ~ In search of truth

उपसभापति निधिको आरोपः सरकारले दुई वर्षमा रिबन काट्ने बाहेक अन्य काम गरेन

बागलुङ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार बागलुङमा सम्बोधन गर्दै उनले सरकार संघीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताए ।

Batas

‘प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो उनले भने, यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,’उपसभापति निधिले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.