www.tandavnews.com
Fact ~ In search of truth

खोटाङबाट पक्राउ परिन् जसुदा, सुरेन्द्र पनि प्रहरी हिरासतमा

पोखरा
ताण्डव न्यूज ।

ठगीको आरोपमा जसुदा पौडेल पक्राउ परेकी छिन् । पोखरा गणेशटोल बस्ने जसुदालाई प्रहरीले जाहेरीको आधारमा प्रदेश १ बाट पक्राउ गरेको हो ।

कास्की प्रहरीका अनुसार लुकिछिपी बसेको अवस्थामा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट माघ २६ गते पक्राउ गरी पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ । जसुदासँगै उनका पुर्व श्रीमान् सुरेन्द्रमणि पौडेललाई पनि पक्राउ गरिएको छ । जसुदा र सुरेन्द्रबिच गत माघमा सम्बन्ध विच्छेद भएको थियो ।

Batas

पोखरा २६ का सुरेन्द्र, जसुदा र रुपन्देही सिद्धार्थनगर १२ का गणेश केसीसमेत भएर जाहेरीकर्ता अमन रेग्मीले पार्टनरशीपमा तेज जेनिया प्रालि नामक कम्पनी स्थापना गरेका थिए । कम्पनीका लागि अमन रेग्मीको नामको जग्गा धितोमा राखेर १ करोड ९० लाख ऋण लिइएको थियो । तर, १ करोड रकम सुरेन्द्रमणिको खातामा पुग्यो । त्यो पैसा फिर्ता नभएपछि अमनले जाहेरी दिएका हुन् ।

जसुदालाई ७१ लाख ४० हजार बराबरको ३ वटा चेक बाउन्स भएकोमा मुद्धा परेपछि बैंकिङ कसूर शीर्षकमा पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । उनीहरुलाई म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता केसीले बताए ।

त्यसो त, गत चैतमा नै जसुदाले १० करोड खाएर भागिन् शिर्षकमा ताण्डव न्यूजले समाचार प्रकाशन गरेको थियो । त्यतिबेला प्रहरी कहाँ कुनै पनि उजुरी परेको थिएन । पैसा लिएका ब्यक्तिहरुसँग सम्पर्कविहिन रहेकी जसुदाले समाचार प्रकाशन भएपछि केही युट्युव च्यानलमार्फत मिडिया गलत रहेको अभिव्यक्तिसहित सार्वजनिक भइन् ।

ताण्डव न्यूजले उनको अभिब्यक्तिबारे खण्डन प्रकाशन गरेपछि अन्ततः माफी समेत मागेकी थिइन् ।

जसुदासँग सम्बन्धीत समाचार :

जसुधाले १० करोड बढि रकम खाएर भागिन्

यस कारण मिडिया होइन जसुधा चिप्लिइन्

अन्ततः गल्ती स्वीकारिन् जसुदाले

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.