www.tandavnews.com
Fact ~ In search of truth

टप्सको २७ औँ वार्षिकोत्सव

गुणस्तरीय प्राविधिक शिक्षा गण्डकी प्रदेशको लक्ष्य :मुख्यमन्त्री गुरुङ

पोखरा ।

पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । २०५० सालमा स्थापना भएको विद्यालयले हिजो(शनिबार) पोखरा सभागृहमा विविध सांस्कृतिक कार्यक्रमसहित २७ औ अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शिक्षा आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिँदै अब छिट्टै गण्डकी विश्वविद्यालयको स्थापना गरिने बताए । गुणस्तरीय प्राविधिक शिक्षाको अभावकै कारण विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति नपाइने गरेको तर्फ सङ्केत गर्दै माध्यमिक तहपछि १९ प्रतिशत विद्यार्थी मात्र देशमा बसेर उच्च शिक्षा आर्जनमा लाग्ने गरेको जनाए ।

Batas

निजी विद्यालयहरुको अवस्था सन्तोषजनक रहेपनि सामुदायिक विद्यालयहरुको व्यवस्थापन अझै चुनौतिपूर्ण रहेको औल्याउँदै उनले कक्षा १–१२ सम्मको पढाइ अब स्थानीय तह मातहतमा आएकाले यसलाई सुधार्दै लैजाने बताए । साथै उनले अभिभावकहरुले आफ्ना छोराछोरीको पढाइ र उसका गतिविधिमा विशेष ध्यान दिन र संस्कार सिकाउन आवश्यक रहेको भन्दै टप्सले संस्कारसहितको गुणस्तरीय प्राविधिक शिक्षा प्रदानमा आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकोमा खुसी व्यक्त गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले शिक्षा क्षेत्रमा निजी विद्यालयको भूमिका अतुलनीय रहेको भन्दै सरकारले यसमा हस्तक्षेप नगरी सहकार्य गर्न सुझाए । अभिवावकहरुका तर्फबाट मन्तव्य राख्दै टप्स एल्मोनाइका अभ्यक्ष तथा अभिभावक बलराम केसीले टप्सले जीवनोपयोगी सिप सिकाएर दक्ष जनशक्ति उत्पादनमा विशेष भूमिका निर्वाह गरेकोमा प्रशंसा प्रकट गरे ।

सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङले विद्यालय स्थापनादेखि हालसम्म सहयोग, सद्भावसँगै विश्वास गर्ने सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गर्दै आफू गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निरन्तर लाग्ने बताए । शैक्षिक सत्र २०७५ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको सो कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी छात्रा निशा चापागाईँसँगे +२ तर्फ उत्कृट नतिजा ल्याउन सफल विज्ञान सङ्कायकी छात्रा आकृति केसी र संस्थामा रहेर दीर्घ गरेबापत कर्मचारी बिन्दु गर्बुजा र खेल प्रशिक्षक ऋषिसरा थापालाई नगद .दस हजारसहित सम्मान गरिएको थियो ।

यस वर्ष एसइइ परीक्षामा सहभागी हुने ६७ जना विद्यार्थीहरुलाई विद्यालयले मायाको चिनो प्रदान गर्दै सफलताको शुभकामना दिएको थियो । कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा कक्षा दसकी छात्रा आँगन थापामगरले धन्यवाद मन्तव्य राखेकी थिइन् । सो कार्यक्रममा कक्षा दसका विद्यार्थीहरुले स्वागतगान प्रस्तुत गरेका थिए भने कार्यक्रको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल चित्रकुमार गुरुङसँगै विद्यार्थीहरुले गरेका थिए ।

दश जोड २ संयोजक निर्मल सोतीको समन्वयमा भएको कार्यक्रममा विद्यार्थीहरुले चित्रकला, हस्तकलासँगै विज्ञान प्रदर्शनी गरेका थिए । सो कार्यक्रममा पूर्व प्राविदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले गायन, नाटक तथा नृत्य प्रस्तुत गरेको विद्यालयका मिडिया संयोजक शिक्षक गोपाल खनालले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.