www.tandavnews.com
Fact ~ In search of truth

कानुन मन्त्रीमा शिवमाया तुम्बाहाङफे नियुक्त,आजै सपथ

काठमाडौँ ।

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त भएकी छन् । नवनियुक्त मन्त्री तुम्बाहाङफेलाई आजै (सोमबार) तीन बजे शपथ खुवाउने तयारी रहेको छ ।

प्रधानमन्त्री केपी ओलीले तुम्बाहाङफेलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फेले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

लामो समयको विवादपछि उनले राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएपश्चात अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.