www.tandavnews.com
Fact ~ In search of truth

कार्कीद्वय एसपी र डिएसपी ‘पुलिस अफ दि गण्डकी प्रोभिन्स’

सुशान्त गाहा मगर,

ताण्डव न्यूज/पोखरा ।

गण्डकी प्रदेश सरकारले कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्की र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णबहादुर कार्कीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

Batas

गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रांगणमा गत शुक्रबार आयोजना गरेको सभा मार्फत कार्कीद्वय एसपी र डिएसपीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

प्रहरी उपरिक्षक र प्रहरी नायब उपरिक्षक कार्कीद्वय पचास हजार रुपैयाँ नगद सहित पुरस्कृत हुनेछन् । गण्डकी प्रदेशका प्रहरी कार्यालयका कार्यालय प्रमुख मध्ये जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी कार्कीले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै छनौट गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको वैठकले मिति पारित गरे पश्चात पुरस्कृत हुने व्यक्तित्वहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.