www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका साना किसानलाई अनुदान

बागलुङ ।

कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु संख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

प्रदेश र संघीय सरकारबाट अनुदान पाएकाबाहेक चालू आर्थिक वर्षमा झण्डै एक सय किसानलाई अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानका माध्यमबाट १२ लाख ८० हजार अनुदान बाँडेको हो ।

Batas

कम्तीमा चार रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५०० भन्दा बढी, पशुपालन भए कम्तीमा पाँचवटा पालेका तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कारस्वरुप अनुदान बितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख पौडेलले छनोट भएर आएका किसानलाई अनुदान दिए । सार्वजनिक सूचना जारी गरेर परेका निवेदनबाट छनोट गरिएको उनले बताए । पौडेलले अनुदान सदुपयोग गर्न सबैलाई आग्रह गरे । अनुदान दुरुपयोग भएमा सरकारी बाँकीसरह असुल उपर गरिने भन्दै काम गर्नेलाई प्रोत्साहन दिने योजना ल्याएको बताए ।

पौडेलले किसानले र बालबालिकाले झुटो बोल्दैन भन्ने मान्यताले उनीहरुको प्रतिबद्धता समेतलाई अनुदानमा सूचक बनाइएको बताए । छनोटमा परेकालाई १२ हजारदेखि ४० हजारसम्म रकम नगदमै उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० किसानलाई दुई लाख ३६ हजार र माछापालनका लागि ५०० भन्दा बढी पाल्ने तीन जनालाई ८० हजार वितरण गरिएको हो ।

लेयर्स कुखुरातर्फ कम्तीमा एक सय पाल्ने आठजनालाई रु दुई लाख, पाँच सयभन्दा बढी कोइलर पाल्ने २४ जनालाई तीन लाख ९० हजार, गाईभैँसीतर्फ पाँचभन्दा धेरै पाल्ने १३ जनालाई एक लाख ७५ हजार, बाख्रातर्फ एक सयभन्दा बढी पाल्ने २८ जनालाई तीन लाख ६५ हजार दिइएको हो ।

राँगोतर्फ तीन जनालाई ९९ हजार, बङ्गुर पाल्ने तीन जनालाई एक लाख ५० हजार, दूध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने चारजना किसानलाई एक लाख ८० हजार दिइएको हो । उपकरण चाहिने किसानको हकमा बिलअनुसारको नगद हस्तान्तरण गरिने बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.