www.tandavnews.com
Fact ~ In search of truth

फागुन ९ मा ‘सेन्टी भाइरस’, ५० प्रतिशत नाफा रंगशालालाई

प्रतिक्षा बास्तोला/ विद्यार्थी पत्रकार,
ताण्डव न्यूज /पोखरा ।

नेपाली चलचित्र सेन्टी भाइरस यहि फागुन ९ गतेदेखि देशभर एकसाथ प्रर्दशनमा आउने भएको छ ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि चलचित्र ‘सेन्टि भाइरस’ को निर्माण गरिएको चलचित्र पत्रकार महासंघ कास्कीले आज (सोमबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Batas

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मुख्य पात्र सिताराम कट्टेल(धुर्मुस)ले चलचित्रको प्रर्दशन पश्चात हुने नाफाको ५० प्रतिशत रकम गौतमबुद्ध रंगशाला निर्माणका लागि खर्च गरिने बताए ।
चलचित्रको ट्रेलरमा राजनीतिक विषयवस्तु मात्र देखाइए पनि सामाजिक, पारिवारिक विषयवस्तु पनि चलचित्रमा समावेश गरिएको उनले जनाए ।

कलाकारिता क्षेत्रमा लामो ग्याप राखेका कट्टेलले रंगशाला निर्माणमा कलाकारिताको क्षेत्रबाटै सहयोग र योगदान पुर्याउने हेतुले सेन्टी भाइरस बनाएको उल्लेख गरे । चलचित्रको माध्यमबाट हुने कमाई रगंशालामा निमार्णमा खर्च हुने भएकाले चलचित्र हेरेर सहयोग पुर्याउन दर्शकलाई कट्टेलले आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै कट्टेलले भने,‘सामाजिक कार्यमा खटिदाँ नयाँ सिर्जना गर्न सकिरहेको छैन, तर यस चलचित्रले कलाकारीता क्षेत्रमो मेरो लामो समयको ग्यापको अभावलाई पुरा गर्नेमा विश्वस्त छु । ’

रंगशाला निर्माण पूरा भएपछि पूर्णरुपमा नै कलाकारितामा फर्किने योजना रहेको उनले सुनाए । ‘अब तीन महिना भित्र रंगशालाको तयार हुन्छ २ वर्षमा सबै संरचना पूर्णरुपमा तयार हुन्छ, अनि म निरन्तर कलाकारितामा फर्किने छु ’ उनले थपे ।

रामबाबु गुरुङद्धारा निर्देशित उक्त चलचित्रका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे(सुन्तली) दयाह्याङ राई, सन्दीप क्षेत्री, बुद्धि तामाङ, भारतीय रियालिटी शो सारेगमपका प्रतिष्पर्धी प्रितम आचार्य लगायतको अभिनय रहेको छ ।

फिल्ममा साढे २ करोड भन्दा बढी लगानी गरिएको बताइयो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.