www.tandavnews.com
Fact ~ In search of truth

मौलिक संस्कृती जगेर्ना गर्न शिव दर्शन यात्रा

लता जोशी/ विद्यार्थी पत्रकार,
ताण्डव न्यूज /पोखरा ।

महाशिवरात्रीको अवसरमा पोखरामा शिव दर्शन यात्रा हुने भएको छ ।

नव आर्दश सामुदायीक विकास समाज पोखरा लामाचौरको आयोजनामा उक्त शिव दर्शन यात्रा हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरामै पहिलोपटक आयोजना हुन लागेको शिव दर्शन यात्रा यहि फागुन ९ गते महाशिवरात्रीको अवसरमा कर्णेश्वर शिवालय मन्दिर पोखरा–१६, तुलसी घाटबाट शुभारम्भ हुने जनाइएको छ ।

Batas

सो यात्रामा स्थानीय आमा समुह, धार्मिक संघ संस्था , श्रदालु भक्तजनहरुको तर्फबाट १०८ घडासहित करिब ५ किलोमिटर कलश यात्रा हुनेछ । यात्रामा झण्डै एक हजार भक्तजनको सहभागी रहने अपेक्षा आयोजकको रहेको छ ।

उक्त यात्रामा राष्ट्रिय जेष्ठ नागरिक महासंघ काठमाडौंका अध्यक्ष नाट्य भुषण मदनदास श्रेष्ठको प्रमुख आतिथ्यता रहने जनाइयो । यात्रा आयोजनाका लागि श्रेष्ठबाट २ लाख र नेपाल पर्यटन बोर्ड प्रदेश बोर्ड प्रदेश कार्यालय पोखराको सहयोगबाट ४ लाख ५० हजार रकम संकलन भएको बताइएको छ । शिव दर्शन यात्रा सम्पन्न गर्न ४ लाख खर्च लाग्ने आयोजक संस्थाको अनुमान रहेको छ ।

बाँकी बचत रकम धार्मिक संरक्षणको क्षेत्रमा आवश्यकता अनुसार खर्च गरिने पूर्व अध्यक्ष बुद्धिबहादुर खत्रीले बताए । बदलिदो संस्कारमा हुर्किरहेको पुस्तालाई जागरुक र आत्मियता विकासका लागि सो यात्राको आयोजना गरिएको आयोजकको भनाई छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.