www.tandavnews.com
Fact ~ In search of truth

भोजपुरमा सवइञ्जिनीयर घुुससहित रंगेहात पक्राउ

भोजपुर ।

भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।

Batas

त्यस्तै गत माघ महिनामा भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनीयर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । तिवारी सेवाग्राहीसँग छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए।

तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०)र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर गरिएको जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.