www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय युवा सम्मेलन २०२० हुने

पोखरा ।

नेपाल युवा परिषदको आयोजनामा राष्ट्रिय युवा सम्मेलन २०२० हुने भएको छ । परिषद्ले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न लागेको हो ।

निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन (नेपाल भ्रमण बर्ष २०२० लाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो ।

Batas

यो सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म चल्नेछ ।४ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुने अपेक्षा रहेको छ ।

जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागि हुन पाउनेछन् ।

उक्त सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन गरि बसिरहेको वा व्यवसाय गरि बसिरहेको वा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागि हुन पाउनेछ ।

प्रत्येक प्रदेशका सहभागिहरुले सम्मेलनमा सहभागि हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ साथै सम्मेलनमा सहभागि भई गए पश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, प्रदेश योजना आयोग र स्थानीय निकायहरुलाई बुझाउनेछन् ।

नेपाल युवा परिषदको ७ ओटै प्रदेशमा आफ्नो प्रदेश संयोजकहरुले सक्रिय रुपमा कार्य गरिरहेका छन् ।यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १-१ स्टल दिईन्छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रर्वद्धन गर्ने विभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् उक्त स्टल ४ दिनसम्म नै कार्यक्रम स्थलमा राखिनेछ । ४ दिनको अबधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रर्वद्धन गर्नको निम्ति राखिने सामाग्रीहरु सहभागिहरुले आफैले ल्याउनु पर्ने जनाइएको छ ।

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि गरिनेछ जहाँ सबै सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनु पर्नेछ । गत बर्ष झैं यसपटक पनि प्रत्येक प्रदेशले बनाएको बिभिन्न कार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ ।

सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन (नेपाल भ्रमण बर्ष २०२०) लाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

‘युवा परिवर्तनको संवाहक हुन्’ भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक बर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.