www.tandavnews.com
Fact ~ In search of truth

जनगणना प्रभावकारी बनाउन स्थानीय तहबाटै प्रचारप्रसार आवश्यक

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज /पोखरा ।

राष्ट्रिय जनगणना २०७८ लाई विश्वसनीय र गुणस्तरीय बनाउनका लागि स्थानीय तहबाटै प्रचारप्रसार गर्न आवश्यक रहेको केन्द्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामीछानेले बताएका छन् ।
राष्ट्रिय जनगणना २०७८को तयारी सन्दर्भमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दैँ उनले यस्तो बताएका हुन् । राष्ट्रिय जनगणना, जनगणनामा मात्र सिमित नभई सिंगो राज्यको विकासको लागि अपरिहार्य रहेको उनले बताए ।

संघीय नेपालको पहिलो जनगणना भएकाले यसपालीको जनगणना विशेष हुने उनको दाबी छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारासहित हुन लागेको १२ औँ जनगणनामा प्रविधिको प्रयोग गरिने र स्थानीय तह अनुसार नतिजा प्रकाशन गरिने तथ्यांक विभागका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सीले बताए ।

Batas

उनले भने‘आत्मपरक विश्लेषण नहुनका लागि प्रविधिको प्रयोग हुनैपर्छ ।’राष्ट्रिय जनगणनाको पूर्व तयारी गर्दै गर्दा केन्द्रीय तथ्यांक विभागले प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका मन्त्रालय तथा निकायहरुबाट मस्यौँदा प्रश्नावलीमा सुझावहरु प्राप्त गरिसकेको र निर्देशक समितिबाट तहगत समन्वय सहकार्य र सहयोग सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनको लागि स्वीकृती लिइसकेको छ ।

त्यसैगरि केन्द्रले जनगणना २०७८को लागि लोगो र नमुना , जनगणनाको कार्यतालिका पनि सार्वजनिक गरेको छ । विभागले देशका ७७ वटै जिल्लामा सचेतना र अन्तरक्रिया कार्यक्रम पनि शुरु गरिसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.