www.tandavnews.com
Fact ~ In search of truth

सरकारको दुई वर्ष : समृद्धिको ‘रोड म्याप’मा नेपाल

समृद्ध नेपाल, सुखी नेपालीको महत्वपूर्ण नारासहित नेपाल समृद्धि संँगसँंगै तीब्र विकासको यात्रामा अघि बढिरहेको छ । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये अघिकांश निमार्णकार्य तीब्र गतिमा सञ्चालन भइरहेका छन् । जसमध्ये २ वटा विमानस्थल, १ जलविधुत् , २ सिँचाई र १ खानेपानी आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेका छन् ।

विश्वभर औद्योगिक निकासमा सिथिलता आइरहेको बेलामा पनि नेपालले गतवर्ष ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको छ । हालसालै वेलायतको पत्रिका द इकोनेमिस्ट ले गरेको सर्वेक्षणमा नेपाल तीब्र आर्थिक वृद्धि गर्ने १० मुलुका समावेस गरेको छ । सँंगसँंगै चालु बर्षमा उद्योग क्षेत्रमा १६ प्रतिशत वृद्धिको अपेक्षा गरिएको छ ।

बैकिङ क्षेत्रमा निक्षेप परिचालन र कर्जा विस्तार बढेको छ । जसमा ४ हजार करोड बरावरको सहुलियत पूर्ण कर्जा उत्पादनशिल क्षेत्र, कृषि उद्यमशीलता, पशुपालन, भुकम्प प्रभावित पुर्णनिमार्ण, दलित तथा विपन्न समुदायमा लगानी भएको छ ।

Batas

आर्थिक वर्ष २०७४/७५ भन्दा २०७५/७६ मा वैदेशीक लगानीमा झन्डै २७ प्रतिशतले लगानी वृद्धि भएको छ । जसमा चालु वर्षको पहिलो तिन महिनामा झन्डै १५ अर्व ६० करोड लगानीमा १२० वैदेशीक लगानी समबन्धी उद्योग दर्ता भएका छन् ।

नेपाली जनतामा बैँक तथा वित्तीय संस्थाको पहुँचमा वृद्धिसंँगै वित्तीय साक्षरता पनि बढेको छ । हालसम्म १२ वटा स्थानीय तहमा बाहेक सबै स्थानीय तहमा शाखा विस्थार भई करिब ६१ प्रतिशत भन्दा बढि नेपालीको बैँकखाता भएको अनुमान गरिएको छ ।

गत वर्षभन्दा अहिले नेपालमा व्यापारघाटा कम भएको देखिन्छ । जसअन्तर्गत निर्यातमा २३.४ प्रतिशतले बढेको देखिन्छ भने आयातमा करिब ७ प्रतिशतले घटेको देखिन्छ । हाल नेपालमा व्यक्तिगत ६ लाख ८३ हजार र व्यवसायीक तर्फ १ लाख १५ हजार गरी ७ लाख ९८ हजार नयाँ करदाता दर्ता भएका छन् । हाल नेपालमा शोधान्तर स्थिर चालु आर्थिक वर्ष १४४३ करोड बचत भएको देखिन्छ भने संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमले प्रकाशीत गरेको मानव विकास प्रतिवेदनमा १४९ औँ बाट १४७ औँ स्थानमा उक्लिएको छ ।

विकासको यात्रामा तिब्र अगाडी बढिरहेका नेपाल सडक निमार्ण, विद्युतविस्तार, खानेपानी लगाएत आधारभुत आवश्यकताका सेवाहरु संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले तिब्रताका साथ अगाडि बढाइरहेका छन् ।

नेपालले समृद्धिको लक्ष्यहासिल गर्न सुसासनको निति सहित नयाँ योजनालाई अगाडि बढाइरहेको छ । जस अन्तर्गत भ्रष्टचार शुन्य सहनशिलता, व्यक्तिगत तथा संस्थागत व्यक्तिहरुलाई प्यान नम्बर प्रणली, मेडिकल इयाकिङ प्रणली, इसिटिएस, अनुगमन पोटेलहरु सहित एकसन रुपको व्यवस्था गरेको छ ।

यसरी समृद्धिको यात्रामा रहेको नेपाललाई हामी नागरिकस्तरबाट सहयोग जरुरी छ । नागरिकहरु राम्रो काममा साथ सहयोग र सरकारले कमजोरी गरेमा खबरदारी पनि हुन्छ । नेपालले यो संगै हाल पर्यटन बर्ष २०२० पनि तिब्र रुपमा सञ्चालन गरेको छ ।

यि र यस्ता सरकारका प्रभावकारी योजनालाई नागरिकको स्तरबाट सकरात्मक सहयोग गर्न सक्यौ भने नेपाललाई साच्चिकै विकास र समृद्धिको यात्रामा कसैले छेक्न सक्दैन र नेपालीले केहि बर्षमानै परिकल्पना गरेको सुन्दर नेपाल, समृद नेपाल र सुखी नेपालीको परिकल्पना पुरा गर्न सक्ने छौँ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.