www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बाराहीघाटमा महाशिवरात्री महोत्सव, नमस्ते ब्याण्डले दर्शक झुमाउने

लता जोशी/ विद्यार्थी पत्रकार
ताण्डव न्यूज/ पोखरा ।

पोखरामा महाशिवरात्रीको अवसरमा महाशिवरात्री महोत्सवको आयोजना हुने भएको छ । नमस्ते ब्याण्डले ३१ औँ वार्षिकोत्सवको अवसरमा महोत्सवको आयोजना गर्ने भएको हो । ब्याण्डले फागुन १० गते शिवरात्रीको भोलिपल्ट १५ औँ संस्करणको उक्त महोत्स्व पोखरामा गर्ने भएको आज पत्रकार सम्मेलनमा ब्याण्डका संयोजक ईश्वर गुरुङले जानकारी दिए ।

नेपाली संगीत कलाको लागि विगतका प्रत्येक वर्ष काठमाडौं र पोखरामा गर्दै आएको सांगीतिक महोत्सव पछिल्लो वर्षहरुमा ५-५ वर्षमा गर्ने घोषणा गरेअनुसार यस वर्ष पोखरामा गर्न लागिएको आयोजक ब्याण्डले बतायो ।

Batas

महोत्सवमा आयोजक नमस्ते ब्याण्ड मात्र नभई अन्य ब्याण्डको पनि प्रस्तुति रहने छ । जस अन्तर्गत पि.जे पिस ज्वाइन्ट ब्यान्ड(अमेरिका) नमस्ते ब्याण्ड (जापान- नेपाल), रोन युनिटि (लियोन स्टार यु.के),बम शिव भिमानी (जापान), हिता ग्रुप (तिब्बत),१९७४ ए.डी, कुटुम्ब ब्याण्ड लगायतका अन्य ब्याण्ड तथा कलाकारले दर्शकलाई झुमाउने भएका छन् ।

नेपालका ख्याती प्राप्त कलाकार दिप श्रेष्ठ, राजेश पायल राई, मनिला-श्रेया सोताङ,लगायतको विशेष प्रस्तुति रहने छ भने लोक दोहोरी प्रतिष्ठानका अतिथि कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।
संगीत विकास, सम्वद्र्धन, प्रवद्र्धन र कल्चर एक्सचेन्ज गर्न एकै थलोमा विभिन्न विद्याका थुप्रै साँगीतिक समूहहरु तथा स्वदेशी विदेशी कलाकारको जमघट गराउने उद्येश्यले महोत्सवको आयोजना गरिएको आयोजकको भनाई छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.