www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विकास बैंकद्वारा डस्टविन सहयोग

पोखरा ।

गण्डकी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक दायित्व अन्तरर्गत एक कार्यक्रम आयोजना गरी पोखरा विरौटामा रहेको बालोदय टोल विकास समितीलाई डस्टविन
हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै बालोदय टोल विकास समितिका अध्यक्ष गुरुप्रसाद गुरुङले आफ्नै टोल छेउमा आई सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी टोललाई समृद्ध बनाउन बैंकले खेलेको भूमिका प्रति आभार व्यक्त गरे ।

Batas

टोलविकास समितिका सल्लाहकार तथा बालोदय बोर्डिङ स्कुलका संस्थापक प्रचार्य दुर्गा पंगेनीले बैंकको भूमिका प्रति आफु सन्तुष्ट रहेको धारण राखे। बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले स्वागत मन्तव्य राखेका थिए भने गण्डकी विकास बैंक, विरौटा शाखाका प्रबन्धक शिववहादुर कार्कीले सञ्चालन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.