www.tandavnews.com
Fact ~ In search of truth

लामाचौरमा खुल्ला रक्तदान, ६३ यूनिट रगत संकलन

पोखरा ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा पोखरा १६ लामाचौरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नब आदर्श सामुदायिक विकाश समाज लामाचौर को आयोजना एबं नेपाल जुनियर रेडक्रस सर्कल इन्द्र राज्य लक्ष्मी माबि र युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ्ग स्कुलको सहआयोजनामा कार्यक्रम गरिएको हो । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरिएको २०औ संस्करणको रक्तदान कार्यक्रममा ६३ यूनिट रगत संकलन भएको छ।

Batas

नब आदर्श सामुदायिक बिकाश समाज ले गर्ने रक्तदान कार्यक्रम मा सबै भन्दा धेरै १८ औ पटक रक्तदान गरेका पहिलो रक्तदाता समाज का निबर्तमान अध्यक्ष नबिन राज भण्डारी लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम को शुभारम्भ गरिएको थियो ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. पबिन थापा को प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शोभा मोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीबन आचार्य, मेडी सिटी हस्पिटल एण्ड ट्रमा सेन्टर का अध्यक्ष रमेश कुमार थापा लगायतको बिशेष आथित्यता रहेको थियो ।

नब आदर्श सामुदायिक बिकाश समाज लामाचौर का अध्यक्ष कमल बहादुर थापा को अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा संयोजक अर्जुन भण्डारी ले स्वागत तथा सचिव दिनेश भण्डारी ले सञ्चालन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.