www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य मन्त्रालयको पुष्टिःक्वारेन्टाइनमा राखिएका नेपालीमा कोरोना संक्रमण देखिएन

काठमाडौं ।

चीनबाट नेपाल ल्याइएका १ सय ७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।आज (बुधबार) स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट नेपाल ल्याइएका नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो।

वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

जसमा एउटा परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ।वुहानबाट उद्दार गरेर ल्याइएकाहरूलाई अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.