www.tandavnews.com
Fact ~ In search of truth

प्रजातन्त्र दिवसको अवसरमा बिखर्चीको ‘म र मेरो विचार’

सरिता जिसी/ विद्यार्थी पत्रकार
ताण्डव न्यूज/ पोखरा ।

साहित्यकार सुर्यखड्का बिखर्र्चीद्धारा लिखित काव्यात्मक कृति ‘म र मेरो विचार’अवधारणापत्र सार्वजनिक भएको छ ।

पोखरामा आज (बुधबार) प्रजातन्त्र दिवसको अवसरमा छन्द्ध शैलीमा लेखिएको बिखर्चीको ४३ औँ कृति रहेको जानकारी दिइयो । लोकार्पण कार्यक्रममा बिखर्र्चीले जनताको हितका लागि ‘ म र मेरो विचार’ काव्यात्मक अवधारणा सार्वजनिक गरेको बताए ।

Batas

दुई खण्ड ‘म र मेरो विचार’कृतिमा पहिलो खण्डमा जन्मथलो, कर्मथलो र दोस्रो खण्डमा मेरोविचार ‘अ’ देखी ‘अं’र ‘क’ देखी ‘ज्ञ’सम्मका वर्णलाई लिएर खण्डकाव्य सिर्जना गरेको बिखर्चीले बताए ।

आफु प्रजातन्त्र पूर्नस्थापनाको लागि लडेको र जनताको हितका लागि सधै लागी रहने बताउँदै बिखर्चीले भने,‘जसरी छोराछोरी प्रति आमाबाबुको अगाध माया ममता हुन्छ त्यसरी नै आफ्नो पार्टीप्रति नेता कार्यकर्ताको अगाध प्रेम हुन्छ । यही कुरा कृतिमा उल्लेख गरिएको छ । ’

सिर्जनशील साहित्य परिवारले आयोजना भएको लोकापर्ण कार्यक्रममा सिर्जनशील साहित्य परिवारको अध्यक्ष देशभक्त सिंह कँुवर , चित्रकार ढाका थापा, प्रा.डा यम बहादुर क्षेत्रीको आतिथ्यता रहेको थियो ।
लुकेका प्रतिभालाई प्रोत्साहन दिन सिर्जनशील साहित्य परिवारको स्थापना भएको सो अवसरमा जानकारी दिइएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.