www.tandavnews.com
Fact ~ In search of truth

कृषक लक्षित कार्यक्रम बेवारिसेःप्रदेश सांसद थापा

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले कृषकलाई लक्षित गरि सञ्चालन गरिएका कार्यक्रम वेवारिसे बनेको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

‘मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ’ स्थापना गरि अघि बढाइएको कार्यक्रम हाल दयनिय अवस्थामा रहेको थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा बताएका हुन् । ‘मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषी गाँऊ’ कार्यक्रमको लागि नियुक्ति भएका प्राविधिक विगत ६ महिना देखि नरहेको बताउँदै थापाले यति लामो समय सम्म कर्मचारीको व्यवस्था गर्न नसक्नु दुखद भएको उल्लेख गरे ।

Batas

यस्तै कास्कीका केही स्थानमा बाँदर आतंकबाट स्थानीय त्रसित बनेको भन्दै थापाले बाँदर नियन्त्रणको लागितत्काल आवश्यक योजना ल्याउनु पर्नेमा जोड दिए।प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा २ वटा वडा जोड्ने गरि प्रस्तुत गरिएको प्रदेश नमुना सडक योजना अन्तर्गत वडा नं २० मा मात्र काम भएको थापाले जानकारी दिए ।

११ ,२० र १६ नं वडा जोड्ने करिब १८ कि.मि. सडक डिपिआर भै सिमित भएको थापाले प्रदेश सरकालाई जानकारी दिएका थिए ।सडकलाई वास्तवमै नमुना सडकको रुपमा देखिने गरि काम बढाउन र सम्पन्न डिपिआर अनुसार आगामी आर्थिक वर्ष २०७७÷७८ मा आवश्यक थप बजेट विनियोजन गर्न थापाले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.