www.tandavnews.com
Fact ~ In search of truth

विदेशीको अवैध धन्दा मा प्रशासनको ताला

पोखरा
ताण्डव न्यूज ।

कानुन विपरीत व्यवसाय गर्दै आएको हार्ट एण्ड टियर्समा प्रशासनले तालाबन्दी गरेको छ । ट्राभल्स एण्ड टुर्स अन्तर्गत दर्ता भएको यस कम्पनीले पोखरा ६ लेकसाइडमा रहेर विभिन्न प्याकेजको प्रलोभनसहित मोटरसाइकल भाडामा दिँदै आएको थियो ।

आज (बुधबार) ताण्डव न्यूजमा ‘लेकसाइडको त्यो गल्ली, जहाँ चल्छ विदेशीको ‘अवैध धन्दा’ समाचार प्रकाशन भएपछि अनुगमन पश्चात् प्रशासनले एक्सन लिएको हो ।

Batas

अध्यागमन कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले अनुगमनपछि ताला लगाएको अध्यागमन कार्यालय पोखराका निमित्त प्रमुख चेतराज आचार्यले बताए । आचार्यका अनुसार अध्यागमन कार्यालय काठमाडौंमा विदेशी संचालक द्धय म्याट र जो ले यसबारे स्पष्टिकरण दिनुपर्नेछ ।

यसबारे विस्तृत न्यूजका तलको लिंक क्लिक गर्नुहोला

लेकसाइडको त्यो गल्ली, जहाँ चल्छ विदेशीको ‘अवैध धन्दा’

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.