www.tandavnews.com
Fact ~ In search of truth

राससको ५९औं वार्षिकोत्सव : ‘जमुना वर्षा’ गण्डकी प्रदेशकी उत्कृष्ट रासस सम्वाददाता

प्रतीक्षा बास्तोला
विद्यार्थी पत्रकार, पोखरा ।

राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश कार्यालयले राससकर्मी जमुना वर्षा शर्मालाई उत्कृष्ट सम्वाददाताको रुपमा सम्मान गरेको छ। शर्मालाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको हो।

२०५५ सालमा साहित्यिक मासिक पत्रिकामार्फत आफ्नो पत्रकारिता यात्रा सुरुवात गरेकि शर्माले थुप्रै सङ्घ संस्थाबाट सम्मानित भइसकेतापनि आफू कार्यरत सस्थाले नै सम्मान गरेकोमा हर्षित तुल्याएको र थप उर्जा मिलेको बताइन्।

Batas

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले राष्ट्रिय समाचार समिति र प्रदेश सरकारको सम्बन्ध व्यवस्थित हुनुपर्ने बताए । उनले प्रदेश सरकार रासससँग समन्वय गर्दै सँगसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। “समन्वयका साथ अघि बढ्दा राससको भौतिक पूर्वाधार, क्षमता विकास लगायतमा सहयोग गर्न सरकार तयार छ,” उनले भने।

देश संघीयताको कार्यान्वयनमा अघि बढे पनि अझै केही व्यवहारिक कठिनाई रहेको चर्चा गर्दै उनले केन्द्र सरकार मातहतका प्रदेशका कार्यालय तथा संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरे। प्रदेशमा सञ्चारग्राम स्थापनाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि जमिन प्राप्त नहुँदा ढिलाई भएको उनको भनाइ छ ।

राससका पूर्व सञ्चालक सदस्य गंगाधर पराजुलीले सरकारको राससलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको उल्लेख गर्दै अन्य सरकारी सञ्चारमाध्यमको तुलनामा छायाँमा परेको बताए। आफ्नो साधनस्रोतलाई उपयोग गर्दै प्रदेशस्तरबाटै बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिदै उनले प्रदेश सरकारले राससको भरपुर उपयोग गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रासस औपचारिक कार्यक्रममा मात्र नधाइकन खोजमुलक एजेन्सीका रुपमा आउन जरुरी रहेको बताए ।

त्यसैगरी पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले राससलाइ शुभकामना व्यक्त गर्दै राससको सञ्जाल देशव्यापी रुपमा फैलिएको र यसले परिपक्वता हासिल गर्दै गएको बताए । कार्यक्रममा रासस पुर्व अध्यक्ष कोमलनाथ वराल, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.