www.tandavnews.com
Fact ~ In search of truth

शितला मा.वि.मा फर्निचर हस्तान्तरण

फागुन ।

लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले स्याङ्जाको शितला माध्यमिक विद्यालयमा फर्निचर हस्तान्त्रण गरेको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–४ गलेममा अवस्थित विद्यालयमा मंगलबार एक कार्यक्रमका विच उक्त सामाग्री हस्तान्तरण गरेको क्लवका अध्यक्ष सावित्रा पौडेलले जानकारी दिइन ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल लायन्स फाउन्डेसन क्लस्टर २३ का प्रमुख पृथ्वीराज तिमिल्सीनाले क्लवले सामाजिक कार्यमा अग्रसर हुँदै आएको प्रति आभार व्यक्त गर्दै आगमी दिनमा पनि समाजिक कार्यमा लाग्न अनुरोध गरे ।

यस्तै नेपाल लायन्स फाउन्डेसनका डिप्युटी चिफ माधव प्रसाद पौडेलले विद्यालयलाई आवश्यक फनिर्चर हस्तान्तरण कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रध्यानाध्यापक तुलसीराम पौडेले विद्यालयलाई आवश्यक रहेको फर्निचर उपलब्ध गराएकोमा क्लवलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रममा कमिटी चेयर पर्सन जित बहादुर थापा, समाजसेबी शसीधर पौडेल, क्लव फस्ट पर्सन कृष्ण पौडेल, जोन चियर पर्सन सीता पहारी, कमिटी को–चेयर पर्सन रजनी बराल लगायतले बोलेका थिए ।

क्लवले विद्यालयलाई आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत दराज, कुर्सी, कम्युटर टेवल लगायत गरि झण्डै ९० हजार बराबरको सहयोग हस्तान्तरण गरेको गीता पराजुलीले जानकारी दिइन् ।

क्लवका अध्यक्ष सावित्रा पौडेलको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेखादेबी पोखरेलले र सञ्चालन प्रतिमा शर्माले गरेकी थिइन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.